सूर्यविनायक ८ मा एमाले समूह विजयी

सूर्यविनायक ८ मा एमाले समूह विजयी

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले)को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ ।

वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी हुनुभएको छ ।

सूर्यविनायक नगरपालिकामा आज १ बजेसम्म प्रमुखमा एमालेका वासु थापाले नौ हजार ३८१ र उपप्रमुखमा एमालेकै जुना बस्नेतले १० हजार ३३४ मतले अग्रता लिनुभएको छ ।

प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका क्रमशः विष्णुराज कार्कीले नौ हजार १०० र कल्पना राजथलाले सात हजार ८१२ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ