उपत्यकाका मुख्य नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका मुख्य नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

काठमाडौँ, ६ जेठ ।

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर निकालिएको छ ।

सफाइमा ६०० जना भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निमार्ण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानको २११ औँ हप्ता अर्को साता त्रिपुरेश्वर नयाँ पुल काठमाडाँै पट्टिको भागमा सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

आज ललितपुर महानगरपालिका वडा नं १० का नवनिर्वा्चित अध्यक्ष नरसिंह व्यञ्जनकार सहित कलाकार सीताराम कट्टेल (धुर्मुस)र कुमार कट्टेल (जिग्री)लाई लाई वाग्मती किनारमा स्वागतसहित सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा जनसङ्ख्या तथा वातावरण सचिव डा विश्वनाथ ओली लगायतको उपस्थीति थियो ।सो अवसरमा कलाकार धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपाली जात जाति, भाषाभाषी, धर्म संस्कृति अटाउने वस्तीको परिकल्पना गरेको जानकारी दिनुभयो ।

आजैको सफाइदेखि ब्लुक्रस अस्पताल र मेघा अस्पतालले निरन्तर रूपमा एम्बुलेन्ससहित सफाइमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । सफाइमा डा राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।

पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८० जनाको सहभागिता थियो । सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

यसैगरी रुद्रमती सफाइको १६८ औँ हप्तामा आज काठमाडौँ महानगरपालिकाको वडा नं ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० जनाको सहभागिता थियो ।

विष्णुमती सफाइको १४१ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको विष्णुमती र महादेव खोला दोभानमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा १५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

तिलगङगा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको ११८ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी चक्रपथ सफाइको छैटौँ हप्तामा आज बसुन्धरा चोकबाट पूर्व्तिर नारायणगोपाल चोकसम्म सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० अभियानकर्मीको सक्रियता थियो ।

ग्रीनसीटी अस्पतालको नेतृत्वमा आजको चक्रपथ सफाई अभियानको छैंठौ हप्तामा आज बशुन्धरा चोकबाट नारायण गोपाल चोक वरीपरी क्षेत्र सम्म सफाई गरिएको थियो ।
सफाई अभियानमा सहभागी महानगरपालिकाका सचिब गोबिन्द आचार्यले चक्रपथ वरिपरिको सामान हप्ता दिन भित्र उठाएर ब्यबस्थित नगरिएमा हदै सम्मको जरिबाना लिने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ