बारा , जेष्ठ ६ । /अखिलेश कुमार यादव
बारामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।
काठमाण्डौबाट जनकपुर तर्फ जदै गरेको ना ७ ख १६४१ नम्बरको रात्रिबस जितपुर सिमरा उपमहानगरपालीका अन्गर्तगत पथलैया अमलेखगञ्ज बिचको आधाभार जंगलमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा धनुषा जिल्ला सिर्सिया ३ बस्ने अन्दाजि ३० बर्षिय गर्भवति महिला र महोत्तरी रतौली ६ बस्ने अन्दाजि ४५ बर्षिय बल्ला यादवको रहेका छन् ।
बस अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा पनि २५ जना घाईते भएकोमा ६ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईते मध्ये गम्भिर ६ जनाको बिरगञ्ज हेल्थ केयर्मा उपचार भैरहेको छ भने बाकि घाईतेको सिमरास्थित तराई सिमरा अस्पतालमा उपचार भैरहेको छ ।
बसमा ३६ जना सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालकको लापर्वा्हिका कारण दुर्घटना भएको चालक ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।