अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डर

अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डर

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वीरगन्ज, जेठ ६ । राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् ।

तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो बस्तीलाई अन्यत्र सार्नुपर्ने हुँदा आफूहरु कहाँ गएर बस्ने भन्ने चिन्ता त्यहाँका बासिन्दाको छ ।

विसं २०३१ र २०३२ तिर तत्कालीन राजा वीरेन्द्रले बसाएको तनिया बस्तीमा सिँचाइ सुविधा प्रशस्त भएपछि त्यहाँका किसान मुख्य रुपमा मकै, धान, गोलभेंडा र सुर्ती खेती गरी आर्थिक रुपमा सम्पन्न हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

‘विकासका लागि हामी तनिया बस्ती खाली गराउन तयार रहेका छौँ । तर सरकारले सोको सट्टामा अर्को ठाउँमा बस्ती बसाउन जग्गा उपलब्ध गराउनुपर्छ’, तनिया बस्ती सरोकार सङ्घर्ष समितिका संयोजक मुक्ति लामाको भनाइ छ ।

पथलैया–निजगढ सडकखण्डबाट दक्षिणतर्फ पर्ने सो बस्तीमा हाल शिक्षा स्वास्थ्य र सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सो बस्ती उठाउनुपर्ने भएकाले सरकारले अर्को ठाउँमा पुनर्बास गराउनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष रेवतीप्रसाद मैनालीले बताए ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा साबिक घइटा गाविसको काँट गाउँका एक सय घरधुरी प्रभावित हुने भएको छ ।

तनिया बस्ती काँट गाउँका बासिन्दा सरकारले यथाशीघ्र आफ्ना माग पूरा गर्नुपर्ने बताउँछन् । सो बस्तीलाई कहाँ सार्ने भन्नेबारे सरकारी टोलीले बेला बेलामा स्थलगत अध्ययन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी