चितवन, ६ जेठ ।
शुक्रबार रातिबाट रोकिएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिवार बिहान बसेको सर्वदलीय बैठकले १० बुँदे सहमति गर्दै मतगणना जारी राख्ने निर्णय गरेको हो । बैठकमा असन्तुष्ट दलहरुले राखेका मुख्य मागकाबारेमा छलफल भएपछि मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतले नै मतगणनामा धाँधली गरेको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाले बहिस्कार गरेपछि मतगणना स्थगित भएको थियो ।
तीन दलले नौ नम्बर वडाको मतगणना गर्दा निर्वाचन अधिकृतले धाँधली गरी मत तलमाथि पारेको, गणना अपारदर्शी बनाएको आरोप लगाएका थिए । नौ नम्बर वडाको परिणाम सार्वजनिक गर्ने क्रममा उनीहरू त्यस्तो आरोप लगाउँदै शुक्रबार गणना स्थलबाट बाहिरिएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline