अाजदेखि काठमाडौँ महानगरपालिकामा १३ स्थानमा मतगणना

अाजदेखि काठमाडौँ महानगरपालिकामा १३ स्थानमा मतगणना

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कामपाका १३ स्थानमा मतगणना

 

काठमाडाै, ५ जेठ । काठमाडौँ महानगरपालिकामा १३ स्थानमा आजदेखि मतगणना सुरु गरिएको छ ।

थप तीन वटा वडाको मतगणना आज सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५, ६ र ७ को मतगणना गर्न थालिएको हो । यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो ।

अहिलेसम्म वडा नं १ र २ को मतमणना मात्र सकिएको छ । यसैगरी कामपाको मतगणनामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता कायमै छ ।

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार तीन सय १० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई ८६, राप्रपाका राजाराम श्रेष्ठले छ हजार दुई सय ४६ र साझा पार्टीकी निरुपमा यादवले दुई हजार एक सय ९५ प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ