प्रमुख सात राजनीतिक दलबीचकाे बैठक सम्पन्न , के के भयाे छलफल ?

प्रमुख सात राजनीतिक दलबीचकाे बैठक सम्पन्न , के के भयाे छलफल ?

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ,५ जेठ ।

तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्येयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा प्रमुख सात राजनीतिक दलका शीर्ष नेताहरूको बीच छलफल भएकाे छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र संघीय समाजवादी फोरमका शीर्ष नेताहरूबीच छलफल भएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्येयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवको विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिनुभयो।

प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै दोस्रो चरणको निर्वाचन, तराई–मधेशमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विद्येयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो एजेण्डा र जिम्मेवारी भएको कुरामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र मधेस केन्द्रित दलका नेताले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो।

बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, एमाले नेता सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु विक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झासँगै संघीय समाजवादी फोरमका नेतालगायत शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ