५ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट घटनामा ज्यान गुमाउने धनरुप बटलाको सम्मानमा देशभर शोकसभा गरेको छ ।सभा गर्न नदिने प्रहरीको दवावबीच शुक्रबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा शोकसभा गरेको छ ।
सभालाई सम्बोधन गर्दै नेकपका नेताहरुले कालिकोटमा चुनावमा भोट नहाल्ने अधिकार प्रयोग गर्दा प्रहरीले गोली हानेको बताए ।प्रहरी गोलीबाट मृत्यु भएका स्थानीय धनरुप बटालाप्रति राज्यले विभेद गरेको बताउँदै सहिद घोषणा गरेर परिवारलाई राहतको व्यवस्था गर्न माग समेत गरे ।
उता प्रहरीले गोली चलाएर बटालाको हत्या भएको ठाउँ कालिकोटको माल्कोटस्थित नन्दादेवि मावि सेरापाटामा स्थानीयले अायोजना गरेको शोकसभामा भने प्रहरीले हस्तक्षेप गरेको छ ।
सभा रोक्न करिब ४ सय सेना र प्रहरी परिचालन गरिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
