काठमाडौं , ५ जेठ । धनन्जय बुढा
युशुल तिब्बतीयन अटोनोमुस प्रीफेक्चर छिङ्हाई चाइनाले शुक्रबार काठमाडौंमा जनकल्याण माद्यमिक विद्यालयको २७ कोठे अत्याधुनिक भवनको शिलान्यास गरेको छ ।
बौद्ध स्थित सो विद्यालयलाई ०७२ सालको भूकम्पले जिर्ण पारेको भवनलाई बनाइदिन लागेको होे । विद्यालय भवनलाई चिनीयाँ लगानिमा बनाउने सहमति अनुसार काठमाडौं जिल्ला शिक्षा अधिकारी जयप्रशाद आचार्य र चिनीयाँ प्रोफेसर छेयुले शिलान्यास गरेका थिए । कार्यक्रममा जिशियो आचार्यले हाम्रो देशमा विदेशी कुनै सहयोग आउँदा किचलो हुने गरेको दृष्टान्त प्रशस्तै भएको बताउँदै यो लगानीमा त्यस्तो नहास भनेर सजक गरए । उनले वर्तमान समयमा चिनीयाँ भाषाको आवाश्यकता रहेको र त्यसलाई पुरा गर्न चिनीयाँ स्वयमसेवकले नेपाली विद्यार्थीलाई सिकाइरहेकोप्रति धन्यवादा दिए ।

त्यस्तै गरि प्रोफेसर छे युले चीन र नेपाल सगरमाथाको ओरीपोरी रहेको र यी दुई देशको प्राचिन समय देखि नै प्रगाढ सम्बन्ध रहेको बताइन् । उनले युशु सहर र त्यहाँका जनता नेपालको विकास र समृद्धिीप्रति चासो राख्दै आएको बताइन् । आफूहरुको भवन निमार्णको कार्य सफलताले भावि दिनमा नेपाल चीनबीचमा अझ बढी प्रगाढ सम्बन्ध बनाउन सहयोग पुग्ने बताए ।
सो विद्यालयको भवन निमार्ण गर्न ‘नेपाल–चीन सँस्कृतिक तथा शैक्षिक परिषद’ले भुमिका खेलेको थियो । सो परिषका अध्यक्ष डा.हरिशचन्द्र शाहले चीन सरकार नेपली जनताको एक हितैसी भएको र भुकम्पको समयमा पनि उसले अरुभन्दा बढी सहयोग गरेको र त्यसको निरन्तरता भएको बताए । विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले विद्यालयमा तमाम समस्या रहेको बेलामा भवन बनाउन लागेकोमा चिनीयाँ पक्षलाई धन्यवाद दिइन् ।
कर्यक्रममा सो विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलेन्द्र ढकालल भवन निमार्णको सम्पूर्ण कार्यको जिम्मा लगानिकर्ता पक्षलेनै लिने भएकाले कुनै समस्या नआउने बताए । सो सिलान्यास कार्यक्रममा नेपाल स्थित चिनीयाँ राजदुतावासका प्रतिनिधी कोङ्ग बाओको पनि उपस्थिती रहेको थियो ।

