भक्तपुर नगरपालिकामा नेमकिपाका प्रजापतिको जित सुनिश्चित , १४,५७७ मतले अगाडि

भक्तपुर नगरपालिकामा नेमकिपाका प्रजापतिको जित सुनिश्चित , १४,५७७ मतले अगाडि

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, ५ जेठ ।

भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ ।

भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापति नेपाली काँग्रेसका रामप्रसाद कासुलाभन्दा १४ हजार ५ सय ७७ मतले अग्रता लिनुभएको छ ।

पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले पाँच हजार छ सय १७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार तीन सय ३३ र काँग्रेसकी गङ्गालक्ष्मी अवालले पाँच हजार दुई सय ९४ मत प्राप्त गर्नुभएको छ ।

मतगणना सम्पन्न भएका आठ वटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ । विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली हुनुहुन्छ ।

त्यसैगरी मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चार वटा वडामध्ये सबै वडाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापा मगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ विजयी हुनुभएको हो ।

मध्यपुर वडा नं १ र ३ मा काँग्रेसको समूह तथा वडा नं २ मा नेकपा (एमाले)ले महिला सदस्य एक र वडा नं ४ मा खुला सदस्यमा जित हासिल गरेको छ ।

सूर्य्विनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्य्विनायकका पाँच वटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीन वटा वडामा अध्यक्ष जितेको छ ।

सूर्य्विनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नं २ मा काँग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ ।

वडा नं ३ मा काँग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नं ४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ । चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा काँग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ