पेट्रोलियम पदार्थको अन्वेषण गर्न ग्लोबल टेन्डर आह्वान गरिने

पेट्रोलियम पदार्थको अन्वेषण गर्न ग्लोबल टेन्डर आह्वान गरिने

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ५ जेठ । सरकारले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ ।

उद्योग मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषणका लागी असार १५ भित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको हो ।

धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताउनुभयो । उहाँले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताउनुभयो ।

राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उहाँले बताउनुभयो ।

छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उहाँले जानकारी दिनुभएको छ ।

नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी