विदुर नगरपालिकामा एमाले विजयी

विदुर नगरपालिकामा एमाले विजयी

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नुवाकोट, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् ।

तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धु्रव अधिकारीले आठ हजार ७४२ मत ल्याउनुभएको छ ।

यस्तै, उपप्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार एकसय दुई मत ल्याउनुभएको छ । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ ।

नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् । तार्केश्वर गाउँपालिकामा नेकपा ९एमाले०का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी