चुनाव खारेजी अभियानमा रहेकाे कम्युनिष्ट पार्टी के गर्दैछ ?

चुनाव खारेजी अभियानमा रहेकाे कम्युनिष्ट पार्टी के गर्दैछ ?

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

४ जेठ,काठमाडौं ।  एकिकृत जनजागरणा तथा प्रतिराेध अभियानमा अन्तरगत चुनाव खारेजी अभियानमा रहेकाे  नेपाल कम्युनिस्ट पार्टीले नयाँ संरचना अनुसार बिभिन्न गाउँपालिकाहरूमा लगाइएकाे बाेड हटाउने कार्य तिब्र बनाएकाे छ ।

आफ्नाे पार्टीको नेतृत्वमा जनताको जनसत्ता चलिरहेको क्षेत्रमा सकारले जबर्जस्त स्थानीय तह बनाएर चुनाव गरेको भन्दै कम्युनिस्ट पार्टीले चनावलाई खारेज गरिएको घोषणा गरिसकेको छ । सोही मुताविक नेकपाले देशभरबाट गाउँ, नगरमा नयाँ झुण्ड्याएको बोर्ड फाल्ने क्रमलाई तीव्रता दिएको हाे ।

 

यसैबीच ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोर्ड तोडफोड गरी फालिदिएको छ । राति करिब २ बजे दुईजनाको संख्यामा आएको टोलीले बोर्डलाई निकाली काटेर खोल्सामा फालेको सो गाउँपालीकाका प्रमुख रामसुन्दर थापाले जानकारी दिए ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको साइनबोर्ड पनि झिकेर फालेका छन् । स्थानीयका अनुसार नेकपाका युवाहरुले बोर्ड झिकेर नस्ट गरेका छन् । फक्ताङ्लुङ र आठराईमा नेपाल कम्युनिष्ट पार्टीको प्रभाव राम्रो रहेको स्थानीयले बताए । सो क्षेत्रलाई नेकपाले निर्वाचन निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त घटनाको वास्ताविकता बुझ्न प्रहरी टोली पठाइसकिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रामबहादुर केसीले बताए ।
यसैविच नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका ईन्चार्ज आशिषले फक्ताङ्लुङ र आठराई त्रिवेणी गाउँपालिकालगायत क्षेत्रका स्थानीय तहको साइनबोर्ड पार्टीको नीतिअनुरुप हटाइएको बताए ।

‘फुङ्लिङ नगरपालिकालगायत यस क्षेत्रमा पुराना सत्ताका बोर्ड झिकेर जनताको सत्ताको बोर्ड झुण्ड्याइसकेका छौं । केही स्थानमा रातिनै प्रहरीले बोर्ड हटाएको खबर आएको छ । त्यो हो भने स्थिति राम्रो हुँदैन’ इन्चार्ज आशिषले चेतवानी दिए ।

यसअघि सुनसरीका आधा दर्जन स्थानीय तहको बोर्ड स्थानीय जनताको सहभागितामा झिकेर नस्ट गरिसकेको नेकपा सुनसरी इन्चार्ज प्रज्वलले जानकारी दिए । सो कार्यक्रम देशभर चलिरहेको नेकपाको केन्द्री्रय कार्यालयले जनाएको छ ।

यता ललितपुरमा पनि यसअघि नै बिभिन्न गाउँपालिकाकाे बाेर्ड हटाएकाे सेक्ररेटरी विपिनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ