काठमाडौँमा एमाले र ललितपुरमा काँग्रेसको अग्रता कायमै

काठमाडौँमा एमाले र ललितपुरमा काँग्रेसको अग्रता कायमै

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ४ जेठ ।  काठमाडाै महानगरपालिकामा आज रातिसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले चार हजार २२७ मतले पछ्याइरहनुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार ७५६ मत र साझा पार्टीका किशोर थापाले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । आयोगका अनुसार काठमाडाँै महानगरपालिकामा हालसम्म १९ हजार ७३८ मतगणना भएको छ ।

यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । तीस हजार मत गणना गणिसक्दा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १० हजार २४६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा(एमले)का हरिकृष्ण ब्यञ्जनकारले ९ हजार ४५२ मतसहित पछ्याइरहनुभएको छ ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले पाँच हजार ८९४ मत र नेकपा(माओवादी केन्द्र)का दिनेश महर्जन(दीपेश)ले दुई हजार १७० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले राससलाई जानकारी दिनुभयो ।

ल्लितपुर वडा नं ११ मा नेकपा(एमाले)का इन्द्रमणि महर्जन विजयी हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ