काठमाडौँ, ४ जेठ ।
व्यवस्थापिका–संसद् सार्वजनिक सुनुवाइ समितिले स्पेनका लागि प्रस्तावित नेपाली राजदूत भरतबहादुर रायमाझीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
समितिको आजको बैठकले प्रस्तावित राजदूत रायमाझीको सुनुवाइ गर्दै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
बैठकमा प्रस्तावित राजदूत रायमाझीले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित राजदूतसँग सांसदहरु हितराज पाण्डे, अष्टलक्ष्मी शाक्यलगायतले भावी कार्ययोजना र राजदूतावास स्थापनाको विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सरकारले स्पेनमा पहिलो पटक दूतावास स्थापना गर्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline