रूकुमका पूरै छ स्थानीय तहमा माओवादी केन्द्र विजयी

रूकुमका पूरै छ स्थानीय तहमा माओवादी केन्द्र विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

रुकुम, ४ जेठ । गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा रूकुमका छ वटै स्थानीय तहमा नेकपा(माओवादी केन्द्र)ले जितेको छ ।

मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् ।

मुसिकोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम चार हजार ३५० मतले विजयी हुनुभयो भने प्राप्त गर्नुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र केसीले चार हजार १७४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि माओवादी केन्द्रकै प्रेमकुमारी सुनार चार हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा बालकुमारी गिरीले चार हजार १५८ मत प्राप्त गर्नुभयो ।

आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार गोर्खबहादुर केसीले काँग्रेसका धीरेन्द्र बटाला र माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार गीता नेपालीले काँग्रेसकी अनिता बुढालाई पराजित गर्नुुभएको हो ।

यस्तै चौरहजारी नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका क्रमशः विशाल शर्मा र राधा रोका विजयी बन्नुभएको छ । दुवै जनाले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।

यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती र निर्मला विष्ट विजयी हुनुभएको छ । दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो । सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका नरबहादुर पुन विजयी काँग्रेसका गोरखप्रसाद चन्दलाई पराजित गरी विजयी हुनुभएको हो ।

बाँफिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी र मनकला पुन विजयी बन्नुभएको हो । उहाँहरु दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । निर्वाचन भएका यहाँका ७३ वडामध्ये ५८ वडामा जित हात पारेको छ । यहाँ काँग्रेसले १३ र एमालेले दुई वडामा जितेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ