बनेपा,४ जेठ ।
काभ्रेमा रहेका १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ। हालसम्म मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये नेकपा एमाले र माओवादी केन्द्र एक–एक स्थानमा विजयी भएका छन्।
कांग्रेसले रोशी, तेमाल र बेथानचोक तथा एमालेले खानीखोला र माओवादी केन्द्र माहाभारत गाउँपालिकामा प्रमुख/उपप्रमुखमा विजयी भएका छन्। काभ्रेका पाँचै नगरपालिकामा नेकपा एमाले अगााडि छ।
यस्तै, काभ्रेमा रहेका १ सय ३५ वडामध्ये नेकपा एमाले ३७, नेपाली कांग्रेस ३४, माओवादी केन्द्र १८, राप्रपा २, मोहन वैद्य किरण नेतृत्वको माओवादी १, लोकतान्त्रिक फोरम १ तथा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline