बाग्लुङका पत्रकार कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी

बाग्लुङका पत्रकार कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

बाग्लुङ, जेठ ४ ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बाग्लुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनी नेपाली कांग्रेसका तर्फबाट छ सय चार मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले चार सय एक मत प्राप्त गरेका थिए ।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ । उनी बाग्लुङ सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत भएका थिए ।

उनले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ