नौ महिनामा व्यापार घाटा पौने ७ खर्ब

नौ महिनामा व्यापार घाटा पौने ७ खर्ब

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाणडाै ,३ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । यसको आधारमा मुलुकले दैनिक झन्डै साढे २ अर्ब रुपैयाँ व्यापार घाटाको भार परेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४२ प्रतिशतले बढी हो । ०७४ चैतमा कुल व्यापार घाटा ८ दशमलव २ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा धेरै गुणा बढी आयात भएकाले व्यापार घाटा फराकिलो हुँदै गएको मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।
अघिल्लो वर्षसम्म व्यापार घाटासँगै रेमिट्यान्स आप्रवाह पनि बढिरहेकाले समग्र अर्थतन्त्रमा खासै असर देखिएको थिएन । अर्को अर्थमा भन्दा रेमिट्यान्सले व्यापार घाटाको भार थेग्दै आएको थियो । तर, यो वर्ष रेमिट्न्यान्स वृद्धिदर घट्दै गएको छ भने, व्यापार घाटा उच्च दरले बढिरहेको छ । यसकारण परिस्थिति प्रतिकूल बन्दै गएको विज्ञहरू बताउँछन् । बढदो व्यापार घाटाले भुक्तानी सन्तुलनमा चाप पर्ने उनीहरूको भनाइ छ । आउँदो महिनामा यही रफ्तारमा आयात भयो भने पनि यो वर्ष घाटा सजिलै ८ खर्ब नाघ्ने देखिन्छ । यसो भएमा त्यो हालसम्मकै उच्च व्यापार घाटा हुनेछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतसम्म ५५ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यात १२ दशमलव १ प्रतिशतले बढी हो । ०७३ चैतसम्म यस्तो निर्यात २३ दशमलव ४ प्रतिशतले घटेको थियो । नौ महिनाको अवधिमा वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिस्टर धागो, तयारी पोसाक, उनी गलैंचालगायतको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै नौ महिनामा ७ खर्ब २६ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३९ दशमलव ७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९ दशमलव ९ प्रतिशतले घटेको थियो । उक्त अवधिमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढे पनि रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, कच्चा रेसमलगायतका वस्तुहरूको आयात घटेको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा निर्यात–आयात अनुपात ७ दशमलव ६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात साढे ९ प्रतिशत थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी