वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बन्दै

वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बन्दै

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

वीरगन्ज, ३ जेठ । छुटकर तस्करको सञ्जाल बढदै गएपछि वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बढ्दै गएको छ । सुनदेखि नुनसम्म पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने गरेका छन् ।
तस्करले दैनिक रु १० लाख भन्दा बढी मूल्यका समान साँझ परेपछि व्यापारीलाई बुझाउने गरेकाले भन्सार समेत प्रभावित हुन पुगेको छ । नजिकै सामुदायिक प्रहरी बिट भए पनि तस्करीका समान निर्वादरूपमा भित्रिनुलाई प्रहरीको समेत मिलोमतो भएको आकलन यहाँका बासिन्दाले गरेका छन् । तस्करले भारतबाट भन्सार छलेर समान वीरगन्जमा जम्मा गर्ने र साँझ परेपछि सम्बन्धित व्यापारीलाई दिने गरेको मीना बजारका एक व्यापारी बताउँछन् ।

सीमा क्षेत्रका इनर्वा, छपकैया, सिरसिया, भन्सार गेटमा रहेका प्रहरी र सशस्त्र प्रहरीलाई महिनाबारी रकम दिएर तस्करहरूले समान ल्याउने गरेका छन् । तस्करसँग महिनाबारी रकम उठाउन घुमुवा प्रहरी नै परिचालन गरिएको उनको भनाइ छ ।

तस्करले साइकलमा समान ल्याउने गरेको स्वीकादै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले सीमा क्षेत्रमा रहेका प्रहरीलाई जतिसुकै गाली गरेपनि टेर्दैनन् भन्ने जवाफ दिनुभयो । ती नाकाबाट प्रतिबन्धित कुखुराका चल्ला निर्वादरूपमा आउँदा पनि प्रहरीले रोक्न सकेको छैन । यस्ता काममा महिलासमेत सक्रीय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी