संविधान दिवस समारोहमा उपराष्ट्रपति

संविधान दिवस समारोहमा उपराष्ट्रपति

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, ३ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन नर्वेको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा ललितपुरमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटरसेनले नेपालको सामाजिक, आर्थिक तथा लोकतान्त्रिक विकासमा सहयोग गर्नु नर्वेको प्रमुख प्राथमिकता भएको बताउनुभयो । नर्वेली करदाताले दिएको पैसाबाट नेपालका अति निर्धन समुदाय लाभान्वित हुनुपर्छ भन्ने नर्वेको धारणा रहेको पनि उहाँले बताउनुभयो ।

“हाम्रो संविधानले प्रजातान्त्रिक अधिकारको रक्षा गर्दै जनतालाई विविध अवसरमा स्थान दिएको र त्यो नै लोकतन्त्रको सुन्दर पक्ष हो जुन नेपालमा पनि महसुस भएको छ”– उहाँले भन्नुभयो ।

उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ सञ्चारकर्मी तथा कामका सिलसिलामा यहाँ रहेका नर्वेली नागरिकको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ