मृतकका परिवारलाई दश/दश लाख हस्तान्तरण

मृतकका परिवारलाई दश/दश लाख हस्तान्तरण

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सप्तरी, ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा राहत स्वरुप दश÷दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री निधिले सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचै जनालाई सहिद घोषणा गरिएको जानकारी दिनुभयो ।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा गत फागुन २३ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।

सप्तरीको मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनी ५ टेङ्गरीका सिनियर अहेव आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

यस्तै, उपप्रधानमन्त्री निधिले मलेठ घटनाको बारेमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा पूर्वन्यायाधीश एकराज बराल र पूर्वप्रहरी महानिरीक्षक श्याम बहादुर खडका रहनुभएको तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको र त्यसले एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ