जाजरकोट ,३ जेठ ।
जाजरकोटको भेरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ। जिल्ला सदरमुकाम समेत रहेको यो नगरपलिकाको मेयरमा सीपी घर्ती मगर विजयी हुनुभएकाे छ। उहाँले ४ हजार २ सय ९२ मत ल्याएर विजयी हुनु भएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सनतकुमार कार्कीले ३ हजार ७ सय ८६ मत पाउनु भएकाे छ।
त्यस्तै, उपमेयरमा एमालेकै भावना भण्डारीले ४ हजार ६४ मत ल्याएर विजयी हुनु भएकाे छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्णा शर्माले ३ हजार ५ सय ४ मत प्राप्त गरेकी छिन्। १३ वटा वडा रहेको यस नगरपालिकामा ६ वटामा काँग्रेस, ५ वटामा एमाले र दुई वटामा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।
भेरी नगरपालिकाका वडामा विजयी भएकाहरू:
वडा नं १ को वडा अध्यक्षमा दीपक राना (माओवादी केन्द्र)
वडा नं २ को वडा अध्यक्षमा कालीबहादुर वली (नेपाली काँग्रेस)
वडा नं ३ को वडा अध्यक्षमा लिलाबहादुर शाह (नेपाली काँग्रेस)
वडा नं ४ को वडा अध्यक्षमा खम्बजंग शाह (नेपाली काँग्रेस)
वडा नं ५ को वडा अध्यक्षमा श्यामलाल जैसी (माओवादी केन्द्र)
वडा नं ६ को वडा अध्यक्षमा शशिराम बुढा (नेपाली काँग्रेस)
वडा नं ७ को वडा अध्यक्षमा चन्द्रबहादुर शाही (एमाले)
वडा नं ८ को वडा अध्यक्षमा कर्णबहादुर कार्की (एमाले)
वडा नं ९ को वडा अध्यक्षमा धुव्र पौडेल (एमाले)
वडा नं १० को वडा अध्यक्षमा ठगेन्द्र राना (नेपाली काँग्रेस)
वडा नं ११ को वडा अध्यक्षमा लक्ष्मी आचार्य (नेपाली काँग्रेस)
वडा नं १२ को वडा अध्यक्षमा निमबहादुर भनारी (एमाले)
वडा नं १३ को वडा अध्यक्षमा गोपाल बटाला (एमाले)