काठमाण्डौ ,३ जेठ ।
मुलुकका चार महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अगाडि रहेकाे छ । नेपाली काग्रेस एक ठाउमा अगाडि छ । काठमाण्डौ महानगर , पोखरा महानगर र भरतपुर महानगरपालीकामा भने एमालेको अग्रता लिएको छ ।
उता ललितपुर महानगरमा भने काग्रेस अघि छ । काठमाणडाै महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८९२ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म कुल पाँच हजार ९३६ मतगणना गरिएको छ ।



