दोस्रो चरणको निर्वाचनको वातावरण बनाउने काँग्रेस र राजपाको निर्णाय

दोस्रो चरणको निर्वाचनको वातावरण बनाउने काँग्रेस र राजपाको निर्णाय

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ३ जेठ । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा आज बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।

यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालको समेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “उहाँहरुका माग सम्बोधन गर्दै जान्छौँ र गर्छौँ । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पु¥याउन अन्य पार्टीसँग पनि छलफल गर्छौँ ।”

तराई मधेसमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको बताउँदै उहाँले राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिनुभयो ।

बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।

राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकाप्रति काँग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । निर्वाचनको वातावरण नबनेसम्म तराई मधेसमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै उहाँले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ