पत्रकार पक्राउप्रति पत्रकार महासंघको आपत्ति ,तत्काल रिहाइकाे माग

पत्रकार पक्राउप्रति पत्रकार महासंघको आपत्ति ,तत्काल रिहाइकाे माग

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

३ जेठ,काठमाडौं ।

सरकारले पत्रकारलाई बिना कारणा अन्धुन्दा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

हिजो मंगलबार काठमाडौंको असनबाट जनपाटी अनलाइनका सम्पादक सुदर्शन मंगोल र गोरखाको हर्मटारी बजारबाट नेटपत्रिका डटकमका सम्पादक तथा जनता टेलिभिजनका संवाददाता विकास भट्टराईलाई अनाहकमा पक्राउ गरी थुनामा राखेको भन्दै भत्र्सना गरेको छ ।

महासंघका महासचिव उजिर मगरले बुधबार एक विज्ञप्ति प्रकाशित गरी पत्रकारद्वायलाई समाचार संकलनका क्रममा प्रहरीले गरेको पक्राउ घटनाले महासंघको ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘महासंघ ललितपुर शाखाका अनुसार पत्रकार भट्टराईलाई जेठ २ गते गोरखाको सदरमुकाममा समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पक्राउ गरिएको थियो भने सोही दिन पत्रकार मंगोललाई पनि काठमाडौंको असनबाट पक्राउ गरिएको थियो ।’

नागरिकलाई सूचना सम्प्रेषण गरिरहेका पत्रकारलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । ‘नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ उक्त कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’

भट्टराई र मंगोललगायत देशभर गिरफ्तार सम्पूर्ण पत्रकारलाई तत्काल रिहा गर्न महासचिव मगरले जोडदार माग गरेका छन् । ‘पक्राउ परेका पत्रकारद्वय लगायत यस अवधिमा पक्राउ गरिएका सबै पत्रकारलाई तत्काल रिहाइ गर्न सरकारसँग जोडदार माग गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ