अधिकृतको जगिर छाडेको २७ दिनमै वडाध्यक्ष,अव जनताको नोकर हुन्छुः श्रेष्ठ

अधिकृतको जगिर छाडेको २७ दिनमै वडाध्यक्ष,अव जनताको नोकर हुन्छुः श्रेष्ठ

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नुवाकाेट,३ जेठ ।

नुवाकाेटका टलकमान श्रेष्ठ सरकारी अधिकृतको जागिर छाडेको २७ दिनमै विदुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा निर्वाचित हुनु भएकाे छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि श्रेष्ठले स्थायी अधिकृतबाट गत वैशाख ७ गते सरकारी सेवावाट राजीनामा दिनुभएको थियो । राजीनामा दिंदा विदुर नगरपालिका वडा नं. ४ वट्टारवजार निवासी ४५ वर्षीय श्रेष्ठ जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।

२३ वर्ष एउटै कार्यालयमा सेवा गर्नुभएका श्रेष्ठले विदुर नगरपालिका वडा नं. ४ को वडाध्यक्ष पदमा नेकपा एमालेवाट उम्मेदवार बनेर विजयी हुनुभएको हो । श्रेष्ठले भारी मतका साथ कांग्रेसका महासमिति सदस्य हरिकृष्ण श्रेष्ठलाई तीनसय मतको अन्तरले पराजित गरी वडा अध्यक्षमा विजयी हुनु भएको हो । श्रेष्ठले आठ सय ५८ मत प्राप्त गर्नु भएको छ । उक्त वडामा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

दुई दशकभन्दा बढी समय जागिर गरेर जनताको सेवक बनेकोमा अब भने जनतालाई संगै लिएर नोकर भई सेवा गर्ने चाहना भएको बताउनुभयो । विदुर नगरपालिकाको सवैभन्दा ठुलो र महत्वपुर्ण वडाका जनताको प्रत्यक्ष सरोकारका विषयमा क्रियाशील रही समाज सेवामा समेत क्रियाशिल हुने सोच बनाएर उहाँले अधिकृतको जागिरवाट राजीनामा दिएको बताउनुभयो ।

श्रेष्ठ सरकारी सेवामा प्रवेश गर्नु अगावै विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा सरिक श्रेष्ठ मेहनती, इमान्दार, कर्तव्यनिष्ठ र उदार युवाको रुपमा चिनिनुहुन्छ । ‘जागिर छाड्ने कुनै सोच थिएन, उमेर छउन्जेल खान्छु भन्ने थियो तर, स्थानीय तहको चुनावको रौनकले आफु उम्मेदवार बन्न योग्य छु भन्ने आत्मसोचाइले गर्दा पहिले त टिकट नै नपाई राजीना दिए ।’

त्यसपछि मात्र टिकटको कुरा गर्न नेकपा एमालेको पार्टी कार्यालय विदुर पुग्नुभएको थियो । अहिलेको महंगीको बेलाको जागिर नछाडी पेशागत महासंघमै रहेर पार्टी र जनताको सेवा गर्न पार्टी अध्यक्ष नारायण खतिवडा र स्कुले जीवनदेखिकै पुराना सहपाठी रामचन्द्र भट्टलगायतले आग्रह गर्नुभएको थियो । ‘आफ्नो साथमा सधै जनता भए, काम त जसरी पनि गर्न सकिन्छ नि भन्ने सोचेर जागिर एकै दिनमा छाडेर उम्मेदवार बने’ उहाँले भन्नुभयो । खुसी छु, जनताको साथ पाएको छु, जनतालाई सधैं टाउकोमा राख्नेछु, यसैमा बाँकी जीवन समर्पित गर्नेछु’ वडाध्यक्षमा विजयी भएपछि श्रृष्ठले भन्नुभयो ।

श्रेष्ठले अब समाज सेवामा सक्रिय भएर लाग्ने प्रण समेत गर्नभयो । गाउँको विकास निर्माणसँगै स्थानीयस्तरको चौतर्फी विकासमा मेरो बाँकी जीवन बिताउने योजना बनाएको छु’, उहाँले भन्नुभयो । विद्यार्थी कालमा रहँदा नै २०४० सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला कमिटि, एमाले नगर संगठन कमिटि, युवा संघको संस्थापक नगर संयोजक पदमा रहेर सक्रिय राजनीति गर्नु भएका श्रेष्ठ २०४१ सालमा स्थापित नुवाकोट आदर्श वहुमुखी क्याम्पसको पहिलो निर्वाचित स्ववियु सभापतिसमेत हुनुभएको थियो ।

परिवारको रोजीरोटीका लागि अध्ययनपछि जागिरमा प्रवेश गरेपछि श्रेष्ठ राजनीतिबाट केहि ओझेलमा हुनुहुन्थ्यो । सरकारी सेवामा छँदा पनि उहाँको उत्तिकै लोकप्रियता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ