काठमाणडाै ,३ जेठ ।
काठमाडौं महानगरपालिका सहित ४ वटा नगरपालीकामा नेकपा एमालेले अग्रता लिएकाे छ । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटा नगरपालिकामा अग्रता हासिल गरेको छ ।
काठमाडौंका १० वटै नगरपालिकाको मतगणना महानगर काे जस्तै सुस्त भइरहेको छ ।
हालसम्मको गणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेका नगरपालिकामा कागेश्वरी मनहरा नगरपालिका, टोखा नगरपालिका , तारकेश्वर नगरपालिका , नागार्जुन नगरपालिका , चन्द्रागिरी नगरपालिका ,गोकर्णेश्वर नगरपालिका रहेका छन् ।
पछिल्लो गणना अनुसार तारेश्वर नगरपालिकामा कांग्रेसले १७८८ मतले अग्रता लिइरहँदा एमालेले १३८९ मतका साथ पछ्याइरहेको छ ।
त्यस्तै, टोखा कांग्रेसका मेयर उम्मेवार हरिहर अधिकारीले ४३०८ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रकाश अधिकारी ४०३४ मतका साथ पछ्याइरहेका छन् । टोखाका ५ वटा वडाको मतगणना सकिएकोमा हालसम्म एमालेले ३ वटामा जितेको छ भने २ वटामा कांग्रेसले जितेको छ ।
त्यस्तै कागेश्वरी मनहरामा पनि कांग्रेसले १०८६ मतले अग्रता लिइरहँदा एमालेको ९७८ मत छ ।
चन्द्रागिरी नगरपालिकामा पनि कांग्रेसले ४ हजार ६ सय मतको अग्रता लिएको छ । गोकर्णेश्वरमा कांग्रेसले २७७२ मतका साथ अग्रता लिइरहेको छ भने एमालेले १९५९ मतका साथ पछ्याइरहेको छ ।
पछिल्लो पटक काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसले १५२० मतको अग्रता लिँदा एमालका उम्मेदवारले १४५८ मत पाएका छन् ।
एमालेले भने कीर्तिपुर नगरपालिका , बूढानीलकण्ठ नगरपालिका, दक्षिणकाली नगरपालिका, शंखरापुर नगरपालिकामा अग्रता लिएकाे छ ।
शंखरापुर नगरपालिकामा एमालेले ३३८४ मतका साथ अग्रता लिइरहेको छ । दोस्रोमा माओवादी केन्द्रका उम्मेमदवारले ३ हजार मत पाएका छन् ।
यसैबीच बुढानीलकण्ठ नगरपालिकाको मतगणना मंगलवार साँझदेखि नै अवरुद्ध भएको छ । ११ नम्बर वडाको मतगणनामा भइरहँदा खसेको मतभन्दा बढी ७ वटा मतपत्र भेटिएको भन्दै कांग्रेसले गणनामा अवरोध सिर्जना गरेको एमालेको आरोप छ । पुनः मतगणनाका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको छ ।कीर्तिपुरमा पनि विवादका कारण स्थगित भएको गणना सुरु भएको छ ।