९० लाख बराबरकाे अबैध डलर सहित एक जना पक्राउ

९० लाख बराबरकाे अबैध डलर सहित एक जना पक्राउ

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

हेटाँडा ,३ जेठ ।

मकवानपुर प्रहरीले ठूलो परिमाणमा अबैध विदेशी रकम पक्राउ परेका एक युवालाइ  अाज  दिउँसो सार्वजनिक गरेको छ ।

प्रहरीलेहेटाैडा १५ स्थित रातोमाटे चेकपोष्टबाट करिब ९० लाख नेपाली रुपैयाँ बराबरको अबैध डलर मंगलबार राती बरामद गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले बताउनुभयो ।

हेटाैडाबाट  पथलैयातर्फ जाँदै गरेको wB 29 B 1953 नम्बरको भारतीय यात्रुबाहक बस चेकजाँचको क्रममा भारत खालधारपारा, कलोरा बस्ने २१ वर्षीय अबिक मण्डलको शरिर चेकजाँच गर्ने क्रममा अबैध डलर फेला परेको उहाँले बताउनुभयो ।

मण्डलले शरिरभित्र लुकाई छिपाई ल्याएको एक सयको आठसय ६० वटा युएसए डलर, युरो ५०० को एक थान, साउदी रियाल १०० को तीन थान, ५०० को दश थान बरामद गरी थप अनुसन्धान भईरहेको एसपी लामाले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा अबैध डलर सहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ