प्रचण्डले गल्ती नस्वीकारेका कारण स्थानीय चुनाव हार्दैछन् : गगन थापा   

प्रचण्डले गल्ती नस्वीकारेका कारण स्थानीय चुनाव हार्दैछन् : गगन थापा   

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

३ जेठ,काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई जनयुद्ध गलत भएकाे भनेर स्वीकार्न सुझाव दिएका छन् ।

मंगलबार साँझ एक टेलिभिजनको बहस कार्यक्रममा स्थानीय तहको चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित हुँदै गइरहेको भन्ने प्रसंगमा मन्त्रीले थापाले उक्तसुझाव दिएका हुन् ।

उनले संसदीय व्यवस्थामा प्रवेश गरिसकेका प्रचण्डले जनतासामू विगतका दस वर्षे जनयुद्ध गलत भएको स्वीकार गरे स्थितिमा सुधार आउने बताए । ‘अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कांग्रेस, एमालेजस्तै संसदीय पार्टी न हो । उहाँलाई जनयुद्ध गर्नु गलत थियो भनेर जनतालाई भन्न अब कुनै गाह्रो छैन ।’ त्यसमा बरु आफूहरुले सहयोग गर्ने उनले बताए ।

जनयुद्धको विरासत बोकिन्जेल माओवादी केन्द्रको स्थिति ओरालो लाग्नबाट कसैले रोक्न नसक्ने तर्क उनको थियो । गल्ती स्वीकारे पनि कांग्रेस, एमालेको स्तरमा आइपुग्न प्रचण्डका पार्टीलाई धेरै वर्ष लाग्ने आँकलन उनको छ ।

गणतन्त्र आउनुमा जनयुद्धको योगदान नभएको उनको तर्क छ । ‘माओवादी जनयुद्धका कारण नेपालमा गणतन्त्र आएको होइन, केही ढिला हुन्थ्यो । तर आउँथ्यो’ उनले भने ।

एक अर्को प्रसंगमा भारतले १२ बुँदे सम्झौता भएदेखि नै आफ्नो उपस्थिति खोजिरहेको स्वीकार्दै आगामी दिनमा गरिने संसद र प्रदेशको चुनावसँगै यसको अध्याय समाप्त हुने बताए । समाप्तीपछि नेपाल–भारतबीचको सम्बन्धमा नयाँ अध्याय खोजिनुपर्ने भनाई उनले राखेका थिए ।

त्यस्तै उनले स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल गलत भएको टिप्पणी गरे । ‘बिना उद्देश्यको प्रि इलेक्सन एलायन्स काम छैन, इट वाज रङ’ उनले भने ‘अहिले भरतपुरलागयत महानगरपालिकाको मत परिणामले यही देखायो ।’
कांग्रेसी नेताहरुले आफूले दिएको सुझावलाई बेवास्ता गरेकै कारण कांग्रेसले अहिलेको परिणाम भोगिरहेको उनले दाबी गरे । नेपाली कांग्रेसलाई स्थानीय चुनावले धेरै पाठ सिकाएको र यसबाट सुध्रिने कोशिस नेतृत्वले गर्न नसके कांग्रेसको हालत आगामी चुनावमा निकै खस्कने उनको दाबी थियो ।

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई जनताको नयाँ नमानेको टिप्पणी गरे । ‘नयाँ शक्तिलाई जनताले नयाँ नै मानिदिएनन् । कसको के लाग्छ’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ