महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो

महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भीमदत्तनगर, ३ जेठ । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तका अनुसार खाती र कुँवरको शव महाकाली नदीमै भेटिएको हो ।

“प्रहरीले खोजी गर्दै जाँदा खातीको ढक्नाघाट क्षेत्र र कँुवरको बेपत्तास्थल नजिकै शव भेटिएको हो ।” प्रहरी निरीक्षक पन्तले भन्नुभयो– “शव पहिचान भएपछि आफन्तलाई खबर गरेका छौँ ।” उहाँले कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाइने बताउनुभयो ।

शनिबार दिउँसो महाकाली नदी तर्नेक्रममा नदीमा पानीको बहाव बढेपछि कपिल र दीपेशसँगै वनकट्टीका १५ वर्षीय राहुल उपाध्याय पनि बेपत्ता भएका छन् ।

तर राहुलको अवस्था अझै अज्ञात छ । प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । तीनैजना महाकाली नदीको दोधारा चादँनी झोलुङ्गेपुलको करिब ५०० मिटर दक्षिणबाट बेपत्ता भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ