काग्रेस माअाेवादीकाे गठबन्धन असफल हुने संकेत, भरतपुरमा रेणु दाहाल हजार मतले पछाडि

काग्रेस माअाेवादीकाे गठबन्धन असफल हुने संकेत, भरतपुरमा रेणु दाहाल हजार मतले पछाडि

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चितवन ,२ जेठ। भरतपुर महानगरपालिकाको मतगणना जारी छ । पछिल्ला परिणामअनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल निकै पछि परेकी छन् ।

अहिले सम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले २७४९ मत प्राप्त गरी अग्रता लिएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १८६९  मत ल्याएकी छन् ।रेणु झन्डै एक हजार मतले पछि परिन् ।

उपमेयरमा नेपाली काँग्रेस पार्वती शाहले लिड गरिरहेकी छन् । शाहलाई माओवादीले भोट दिएको तर दाहाललाई काँग्रेसले नदिएको देखिन्छ ।
हुन त यो नै धेरै मत गणना हुन बाँकी छ तर तरपनि यहीअनुसार अन्तिम रिजल्ट हुन सक्ने देखिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरीलाई जिताउन नै रुखमा भोट हालेकाले पनि सबैको ध्यान भरतपुरैतिरै छ ।

प्रचण्डले रुखमा भोट हालेपछि काँग्रेसका नेता–कार्यकर्ताले भने माओवादीलाई भोट नदिएको जारी मतगणनाले देखाएको छ ।

काँग्रेस र माओवादी केन्द्रको यो तालमेल अराजनैतिक भन्दै दुबै पक्षका नेता–कार्यकर्ता र समर्थक नै सन्तुष्ट थिएनन् ।

यदि भरतपुर र पोखरामा अहिलेकै जस्तो अन्तिम परिणम आएमा सत्ता गठबन्धनमा समेत प्रभाव पर्ने निश्चित छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ