एमालेले गर्याे घाेषणा : दासढुंगा र दरबार हत्याकाण्डको रहस्यकाे खुलासा गर्छाै  

एमालेले गर्याे घाेषणा : दासढुंगा र दरबार हत्याकाण्डको रहस्यकाे खुलासा गर्छाै  

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

३ जेठ, काठमाडौं ।
नेकपा एमालेले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षडयन्त्रपूर्ण हत्याका रुपमा चित्रित गर्दै यी दुबै रहस्यकाे खुलासा गर्ने घाेषाणा गरेकेा छ ।
एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन-आश्रति स्मृति दिवसमा बोल्दै एमाले अध्यक्षअध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने बताउनु भयाे ।
एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गर्दै राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गर्नुभयाे ।
ओलीले भन्नुभयाे,  ‘मदन आश्रति हत्याकाण्ड, दरबार हत्याकाण्ड, जस्ता ठूला षडयन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंग्ाामा दुर्घटनामा परी निधन भएको थियो । पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रति चढेको गाडी त्रिशुली नदीमा खसेको थियो ।

आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।तर, विभिन्न छानविनहरुले सो घटनालाई दुर्घटना मानेपछि एमालेले अहिले २४ वर्ष बित्दासम्म यो प्रकरणबारे कुनै अनुन्धान अघि बढाएको छैन । यसवीचमा सरकार पुग्दा पनि एमालेले दासढुंगा काण्डबारे बोलेको थिएन ।

तर, एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षडयन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गर्नुभयाे । अाज  २४ औं मदन स्मृति दिवस मनाइदै छ ।

दासढुंगा काण्डको ८ वर्षपछि ०५८ साल जेठ १९ गते राति भएको दरबार हत्याकाण्ड पनि अहिलेसम्म रहस्यकै गर्भमा छ । नारायणहिटी दरबारमा मध्यरातमा भएको गोलीकाण्डमा वीरेन्द्र राजाको बंश नाश भएको थियो । त्यसबेला पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले ७ वर्षसम्म राजगद्दी सम्हालेपछि देशमा गणतन्त्र आएकाे थियाे ।

तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको भनिए पनि जनमानसमा यो घटनालाई अहिलेसम्म षडयन्त्रकै रुपमा हेर्ने गरिएको छ । यही क्रममा बुधबार एमाले अध्यक्ष केपी ओलीले समेत दरबार हत्याकाण्डलाई पनि दासढुंगा काण्डजस्तै षडयन्त्रमूलक हत्याकाण्डको कोटीमा राखेर व्याख्या गर्नुभयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ