काभ्रेमा स्थगित निर्वाचन आज

काभ्रेमा स्थगित निर्वाचन आज

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काभ्रे ,जेठ ३। जिल्लाको दुई नगरपालिकाको वडामा स्थगित स्थानीय तहको निर्वाचन बुधबार हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार धुलिखेल नगरपालिका वडा नम्बर १२ र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ को स्थगित निर्वाचन बुधबार हुन लागेको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ मा वडासदस्यको उम्मेदवार रहेका राप्रपाका सुकलाल तामाङको गत २८ वैशाखमा मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो । त्यस्तै, नमोबुद्ध नगरपालिका वडा नं. ४ मा निर्वाचनको अघिल्लो दिन झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर भकुन्डेबेसीका २८ वर्षीय नवराज पाठक (राम)को मृत्यु भएको थियो । सोही कारण निर्वाचन स्थगित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ