भक्तपुर, जेठ ३ ।
गत आइतबार विविध कारणबस हुन नसकेको भक्तपुर र काभ्रको दुइ स्थानमा आज मतदान भइरहेको छ । चाँगुनारायण नगरपालिका–६ को वडा कार्यालय अर्थात साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज निर्वाचन भइरहेको हो ।
गत आइतबार मतदान भइरहँदा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह मादल मतपत्रमा नभएको विषयमा विवाद भएपछि रोकिएको मतदान प्रक्रिया आज पुनः हुन लागेको हो । भक्तपुरका अन्य नगरपालिकामा भने मतगणना भइरहेको छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका ४मा पनि आज मतदान भइरहेको छ । गत शनिबार प्रहरीको गोली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नवराज पाठकको मृत्यु भएपछि रोकिएको मतदान आज हभइरहेको हो ।
विहान ७ बजे बाट सुरु मतदान प्रक्रिया साँझ पाँच बजे सम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच काभ्रेको नमोबुद्ध नगरपालिका ४ मा भोली मतदान हुने भएको छ ।
यस्तै राप्रपाको उमेदवारको निधन भएपछि रोकिएको काभ्रेको धुलिखेल नगरपालिकामा पनि आज नै मतदान हुने जानएको छ ।