यी हुन् २९ वटा जिल्लाका वडा अध्यक्षहरु

यी हुन् २९ वटा जिल्लाका वडा अध्यक्षहरु

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

धादिङ, ३ जेठ ।

जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको आज दिउँसोसम्म परिणाम घोषणा भएको छ ।

घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा (माओवादी केन्द्र)ले ७ वडा र नेपाली काँग्रेसले ५ वडामा विजय हासिल गरेको छ । धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँवर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । वडा नं ३ मा भने पुनः मतगणना सुरु गरिएको छ । थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नं १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर थापा र वडा नं ३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन् ।

गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन् । गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन् । बेनीघाट रोराङ–२ मा एमालेका टङ्ककुमार थापा, र वडा नं १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी हुनुभएको छ ।

सिद्धलेक गाउँपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित हुनुभएको छ । ज्वालामूखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली काँग्रेसका रणबहादुर शाही विजयी हुनुभएको छ । रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित हुनुभएको छ । नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली र २ मा शिव थापा र ३ मा नेपाली काँग्रेसका विजयकुमार पाख्रन निर्वाचित हुनुभएको छ ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित हुनुभएको छ । गङ्गा जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । खनियाबास गाउँपालिका—१ मा नेपाली काँग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित हुनभएको छ । नीलकण्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ