आज रातिबाट भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

आज रातिबाट भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ ।

हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार छ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ । गणनाको अन्तिम चरणमा पुगेको वडा नं. १ को गणना सकिएसँगै दश ठाउँमा गणनाको काम गर्न लागिएको हो ।
गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतले मात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ ।
मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई दुई जना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताउनुभयो ।
यसैबीच भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उहाँले १ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाउनुभएको छ भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रिना गुरुङले १०८ मत पाउनुभएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १ बाट गणना थालिएकोमा आज दिउँसोबाट वडा नं. २ को समेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नं. १ को हो । सो वडामा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ