म्याग्दीमा काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी

म्याग्दीमा काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

म्याग्दी, २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा एमालेकी एमालेकी डिलकुमारी घिमिरे ६६७, गौमती नेपाली ६२०, खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर ५५८, काँग्रेसका डम्मरबहादुर पोखरेलले ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी बेनी नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी ४६१, एमालेका गेमबहादुर घर्तिमगर ४९५, महिला सदस्यमा एमालेकी मनकुमारी पुन ४६४, दलित महिला सदस्यमा हरिकला दमाईंले ४६० मत ल्याएर विजयी हुनुभएको छ ।

बेनी नगरपालिकाको १, २ र ३ वडाको मतगणना गर्दा प्रमुखमा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले एक ५४६ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ