सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले

सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जुम्ला, २ जेठ । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह रावल विजयी भएका छन् ।

अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याउनुभएको थियो ।

विजयी उपाध्यक्ष खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रजकली शाहीले प्राप्त एक हजार २६२ मतमा ११९ मत कमी ल्याएर पराजित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका शीतली रोकायाले एक हजार १७५ मत प्राप्त गर्नुभएको थियो । वडाध्यक्षहरुको परिणाम आइसके पनि वडाअनुसारको विजयी उम्मेदवारको नाम र प्राप्त मत लिन सकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ