काठमाण्डौ महानगरमा एमालेलाई पछि पार्दै काग्रेसले लियो अग्रता

काठमाण्डौ महानगरमा एमालेलाई पछि पार्दै काग्रेसले लियो अग्रता

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,२ जेठ ।

काठमाडौं महानगरपालीको मेयरमा काग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको अग्रतालाई तोड्दै नेपाली कांग्रेस अगाडि बढेको हो ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले ३ सय ५६ मत ल्याउनु भएको छ भने एमालेका विद्यासुन्दर शाक्यले २ सय ९८ मत ल्याउनु भएको छ ।

कांग्रेसकी उपमेयर उम्मेदवार प्रभा खड्की श्रेष्ठले ४ सय २९ मत ल्याउनु भएको छ भने एमाले र राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले २ सय १४ मत ल्याउनु भएको छ ।

साझा पार्टीका किशोर थापाले १ सय ९८ मत ल्याउनु भएको छ भने विवेकशील नेपालीकी रञ्जु दर्शनाले १ सय ४८ मत ल्याउनु भएको छ।
माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले १९ मत मात्र ल्याउनु भएको छ। अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मतगणना भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ