ललितपुरको एक नगर र एक गापाका वडामा काँग्रेस

ललितपुरको एक नगर र एक गापाका वडामा काँग्रेस

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चापागाउँ (ललितपुर), २ जेठ । ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

अन्तिम मत परिणामअनुसार काँग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । काँग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि काँग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका विजय लोले ४८५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ