मतगणनाले अाजबाट गति लिन्छ : अायाेग

मतगणनाले अाजबाट गति लिन्छ : अायाेग

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, जेठ २ ।  स्थानीय तह निर्वाचनको मतगणना कार्यले मङ्गलबारबाट गति लिने भएको छ ।  आइतबार निर्वाचन सम्पन्न भए पनि अधिकांश स्थानीय तहको मतगणना कार्य सोमबारबाट मात्रै सुरु भएको हो ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले पहिलो दिन भएका कारण ढिलोजस्तो लागे पनि मङ्गलबारबाट मतगणनाले गति लिने जानकारी दिनुभयो ।  उहाँले पहिलो चरणको मतगणना पूरा हुन पाँचदेखि सात दिने लाग्ने बताउनुभयो ।  आयुक्त पौडेलले मतगणनालाई छिटो अगाडि बढाउन धेरै समूहमा मतगणना हुनुपर्ने र त्यस विषयमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले ध्यान पु¥याउने बताउनुभयो ।
मतपत्र ठूलो हुनु र एउटै मतपत्रमा सातजना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था भएकाले पनि मत गणना गर्न समय लागेको उहाँले बताउनुभयो ।  संविधानसभा निर्वाचनमा कुनै एक उम्मेदवारलाई छाप लगाउनुपथ्र्यो भने स्थानीय तहको निर्वाचनमा सातजनालाई मत दिनुपर्ने र मतगणना गर्दा पनि सातजना उम्मेदवारले चित्त बुझाउनुपर्ने भएकाले पनि समय बढी लागेको उहाँले बताउनुभयो ।  एउटा मतपत्रको कुनै एक पदमा विवाद भएमा त्यसले लामो समय लिने भएकाले पनि मतगणनाको कार्य ढिलो हुने भनाइ आयोगको छ ।
एउटा मतपत्रमा अध्यक्ष वा नगरप्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा सदस्य, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यका लागि मतदान भएको थियो ।  एउटै मतपत्रबाट यी सातजना उम्मेदवार निर्वाचित हुनेछन् ।  चाँगुको नगरकोटमा पुनः मतदान हुने
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ६ को नगरकोटस्थित पुरानो गाविस भवनमा रहेको ‘ख’ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।  निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीका अनुसार आयोगले यथाशक्य छिटो मतदान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले आयोगको निर्देशन प्राप्त भएको र मतदान अधिकृतले मङ्गलबार राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी पुनः निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताउनुभयो ।
मतदानका क्रममा २२ वटा मत खसेपछि एकजना मतदाताले मादल चिह्न नपाएपछि त्यहाँ मतपत्रको समस्या देखिएको थियो ।  त्यो मतपत्र नवलपरासी पठाउनुपर्नेमा एउटा प्याड भूलवश भक्तपुरको प्याकमा परेका कारण एउटा मतदान केन्द्रमा पुनः मतदान गराउन आयोगले आदेश दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ