काभ्रे ,१ जेठ ।
काभ्रे जिल्लाको खानीखोला गाउपालिका १ नम्वर वडामा माओवादी केन्द्रका उम्मेदार च्याङ्गबा लामाको प्यानलनै विजयी भएका छन्। लामाले ३ सय ४५ मत ल्याई विजय भएका थिए भने एमालेका आशामान गोलेले २ सय ५५ मत ल्याएका थिए। भने काग्रेसका गोपाल दलामीले ९१ मत ल्याएका थिए।
त्यसैगरि रोशी गाउपालिका १२ नम्वर वडा अध्यक्षमा माओबादी केन्द्रका उम्मेदार राम बहादुर मुक्तानले ३ सय ४४ त ल्याई वडा अध्यक्षमा विजयी भएका छन्। भने एमालेका विमल मुक्तानले १ सय १३मत ल्याएका थिए। भने सदस्यमा माओबादी केन्द्रका मुना घिमिरे, शोभा विक, विनोद कुमार सिंजाली र सकुलाल तामाङ्ग वडा सदस्यमा विजयी भएका छन्।
रोशी गाउपालिका ११ मा नेपाली काग्रेसका उम्मेदार मिलन लामाले ५ सय ५८ मत ल्याएरर वडा अध्यक्षमा विजयी भएका छन् भने उनका प्रत्यासी एमालेका चन्द्रमाया तामाङ्गले ४ सय ११ मत ल्याएकी थिईन। त्यसैगरि तेमाल गाउपालिका वडा नम्वर १ को अध्यक्षमा नेकपा एमालेका मान बहादुर श्रेष्ठको प्यानलै विजयी भएका छन्। चौरीदेउरादी गाउपालिका १ नम्वर वडा अध्यक्षमा माओबादी केन्द्रका राजु आलेको प्यानल विजय भएका छन्।