आफ्ना वडा अध्यक्ष उम्मेद्धार बटालालाई सहिद घोषणा गर्न राप्रपाको माग

आफ्ना वडा अध्यक्ष उम्मेद्धार बटालालाई सहिद घोषणा गर्न राप्रपाको माग

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका क्रममा कालीकोटस्थित नरहरिनाथ गाउँपालिका–६ सेरापाटा केन्द्रमा सुरक्षाकर्मीको गोलीबाट वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएकामा दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा मृतकलाई सहिद घोषणा गरी परिवारको भरणपोषण तथा संरक्षणका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सो घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र निःशुल्क उपचार गर्न माग गरिएको छ ।

यसैबीच नुवाकोट मेघाङ गाउँपालिकामा चुनावका क्रममा आइतबार अज्ञात समूहले पार्टीका कार्यकर्तामाथि आक्रमण गरेको घटनाको छानबिन गर्न माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ