१ जेठ,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको रामपुरमा जनपरिषद् घोषणा गरेको छ । सोमबार सम्पन्न भेलाले छोटीलाल चौधरीलाई रामपुर गाउँ जनपरिषद प्रमुखमा सर्वसम्मत निर्वाचित गरेको छ ।
जनपरिषद १५ सदस्यीय गठन भएको छ । सबैलाई सर्वसम्मत चयन गरिएको हो । जनताकै बिचमा जनतालाई नै न्याय, सुरक्षा दिन र जनताको दुःख–सुखको सहयात्री बन्न र जनसत्ताको सुदृढ गर्न गाउँ जनपरिषद् गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी दाङले जानकारी दिएको छ ।
सरकारद्वारा घोषित स्थानीय चुनाव खारेजी गर्न नेकपाद्वारा संचालित एकीकृत जनजागरण तथा प्रतिरोध अभियानकै बीचमा जनपरिषद् गठन गरिएको हो ।
यो क्रम देशभर विस्तार गर्ने नीतिअनुरुप गठन गरिएको जिल्ला पार्टीका सचिवालय सदस्य ज्वाला खतिवडाले बताए । समाजमा हुने जनताका विभिन्न समस्यालाई हल गर्न र बेथितिलाई अन्त्य गर्न जनपरिषद घोषणा गरिएको अर्का सचिवालय सदस्य पाटनले बताए । भेला कार्यक्रम संचालन चुलुवा चौधरीले गरेका थिए ।