काग्रेस र माओवादीबीच तालमेलपछि उम्मेदवार नै नभएको मतपत्रमा खस्यो ५३६ मत

काग्रेस र माओवादीबीच तालमेलपछि उम्मेदवार नै नभएको मतपत्रमा खस्यो ५३६ मत

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

धादिङ , १ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ बाट उम्मेदवार नै नभएको चुनाव चिन्हमा ५३६ मत खसेको छ। एमाओवादी केन्द्रको उम्मेदवारी नदिएको उपाध्यक्षमा २ सय ६८ र अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसको चुनाव चिन्हमा २ सय ६८ मत प्राप्त गरेका छन्।

काँग्रेस र माओवादी केन्द्रको तालमेलपछि यस गाउँपालिकामा काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्षको मनोनयन फिर्ता लिएको थियो। कांग्रेस माओवादीले आफ्ना मतदाता सम्झाउन नसक्दा यस्तो परिणाम आएको हो।

बेनिघाट रोराङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस संयुक्त चुनावी मैदानमा गएका थिए। माओवादीका तर्फबाट अध्यक्षका उम्मेदवार हरि डल्लाकोटी र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट देवीप्रसाद सिलवाल उम्मेदवार बनेका थिए। संयुक्त उम्मेदवार भए पनि माओवादी केन्द्रको अध्यक्षमा ३ सय र उपाध्यक्षमा २ सय ६८, नेपाली काँग्रेसको अध्यक्षमा २ सय ६८ र उपाध्यक्षमा ३ सय १ र नेकपा एमालेको अध्यक्षमा २ सय ३६ र उपाध्यक्षमा २ सय ३५ मत ल्याएका छन्।

बेनिघाट गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङ विजयी भएका छन्। २ सय ९२ मत ल्याई तामाङ विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जीवनकुमार तामाङले २ सय ७६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २ सय ३९ मत प्राप्त गरे।

एमालेका उम्मेदवार गिरीराज कँडेलले २ सय ३६ र उपाध्यक्ष मायादेवी शर्माले २ सय ३५ मत ल्याएका छन्। मत गणना जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ