काठमाण्डौ ,१ जेठ ।
काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।
काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा एक सय ६० मतगणना हुँदा एमालेको अग्रता कायम छ । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ४२ मत ल्याउनु भएको छ ।
दोस्रो नम्बरमा साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले ३० मत ल्याउनु भएको छ । तेस्रो नम्बरमा विवेकशील नेपाली दलको तर्फबाट मेयर उम्मेदवार रञ्जु दर्शनाले २९ मत ल्याउनु भएको छ ।
नेपाली नेपाली कांग्रेसका राजुराज जोशीले २८ मत ल्याउनु भएको छ भने नेकपा (माओवादी केन्द्र)का मेयर उम्मेदवार सवोत्तम डंगोललले ४ मत ल्याउनु भएको छ भने १९ मत बदर भएको छ ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणना अनुसार उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याउनुभएको छ ।