काठमाण्डौ ,१ जेठ ।
काठमाण्डौको शंखरापुर नगरपालीकामा आज अपरान्ह बम भेटिएको छ ।
आईतवार भएको स्थानिय तह निर्वाचनको मतगणना भईरहेको स्थलको छेवैमा रहेको एक घरमा बम भेटिएको प्रहरीले जनाएको छ ।
घरमा कालो प्लाष्टिकमा तारले बाधिएको अबस्थामा शंकास्पद बस्तु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सो लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ ।
उता विराटनगरमा पनि आज दिउसो बम भेटिएको । विराटनगर उपमहानगरपालीका वडा नम्बर ८ मा आज दिउँसो भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ । बोरामा तारले बाधिएको अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline