भरतपुर महानगरपालिकामा मतगणना सुरु

भरतपुर महानगरपालिकामा मतगणना सुरु

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चितवन, १ जेठ ।

भरतपुर महानगरपालिकामा आज अपरान्ह साढे ४  बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो ।

निर्वाचन आयोगको प्रचलित ऐन कानुन र विधिविधान अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट सुरु गरिएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ ।

यस अनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ । महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणू दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो ।

भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसङ्ख्या रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ