सिन्धुपाल्चोकका तीन नगरपालिकामा तीन वटा पार्टीको अग्रता

सिन्धुपाल्चोकका तीन नगरपालिकामा तीन वटा पार्टीको अग्रता

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

सिन्धुपाल्चोक , १ जेठ ।
सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका बाहेक अन्य गाउँपालिका र तीन वटै नगरपालिकामा मतगणना शुरु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयरमा पदमा अग्रता लिएको छ भने मेलम्ची नगरपालिकामा एमालेले अग्रता लिएको छ । बाह्रविसे नगरपालिकामा भने काँग्रेसले अग्रता लिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र ३६८ मतका साथ मेयरमा र ३५८ मतका उपमेयरमा अग्रस्थानमा देखिएको छ । एमाले २६२ मतका साथ मेयरमा र २८२ मतका उपमेयरमा साथ दोस्रो स्थानमा छ । राप्रपामा मेयरमा ५५ मतका साथ तेस्रो स्थानमा छ भने काँग्रेस ४२ मतका साथ चौथो स्थानमा छ । उपमेयरमा काँग्रेस ४९ मतका साथ तेस्रो स्थानमा छ भने राप्रपा ४४ मतका साथ चौथो स्थानमा छ ।
मेलम्ची नगरपालिकामा एमाले मेयरमा ४६७ मत र उपमेयरमा उपमेयर ५०२ मतका साथ अग्रस्थानमा देखिएको छ । माओवादी केन्द्र मेयर ४३५ मत र उपमेयर ३०३ मतका साथ दोस्रो स्थानमा छ । काँग्रेस मेयर २३६ मतका साथ तेस्रो स्थानमा छ भने उपमेयरमा राप्रपा २६९ मतका साथ तेस्रो स्थानमा छ । काँग्रेस उपमेयरमा २४९ मतका साथ चौथो स्थानमा छ भने राप्रपा मेयरमा २४५ मतका साथ चौथो स्थानमा छ ।
बाह्रविसे नगरपालिकाको मेयरमा काँग्रेस एक सय ८५ मत र उपमेयरमा एक सय ८८ मतका साथ अग्रस्थानमा छ । एमाले मेयरमा ९३ मत र उपमेयर ८८ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्र मेयर पदमा सात मतका साथ तेस्रो स्थानमा छ भने राप्रपा तीन मतका उपमेयरमा तेस्रो स्थानमा छ । भोटेकोशी गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ भने जुगल गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ